Grab this!

We are providing an AUTHOR page after you submit at least of 5 articles.

यी दस बर्षहरुमा

9 November 2013 - Poems - admin - Comments


प्रजातन्त्र थियो अनि स्वतन्त्रता थियो
शान्ति मौलएर सुन्दरता छाएको थियो
मातृइत्वोका साथै स्वाविमन थियो
तर कुर्चिको लागि हानाथाप भयो
सत्ताको मोहले पार्टीहरुलाई छोयो
यस्तो गर्छौ, बिकास गर्छौ भन्दै
सधैभरी जनतलाई ढाँटिरहे, छलिरहे
आरुको इशारामा नचिरहे
यी दस बर्षहरुमा ।

अराजकताले ठाउँ पायो हाम्रो देशमा
हिंसा जती सबै बढ्यो शान्तिको भेषमा
कसैलाई केहै थाहै भएन
सबै थिए आफ्नै ताल्म
तब सामन्तले टाउको उठायो
शासन गर्ने उपाय सुझयो
जाल्मा पर्‍यो जनतलाई
कब्जमा लियो स्वतन्त्रतालाई
मीच्यो, थिच्यो जनतलाई किच्यो
यी दस बर्षहरुमा ।